बाँकेमा अब शुक्रबार र शनिबार निषेधाज्ञा !

पिपलबाेट संवाददाता


जिल्लामा अब साताको दुई दिन निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले साताको पाँच दिन खुल्ला गरी दुई दिन निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार साताको शुक्रबार र शनिबार मात्र निषेधाज्ञा लाग्ने छ । कोरोना भाइरसको संक्रमण फैलने क्रम लगातार बढिरहेकाले जिल्लामा यस्तो गर्न लगिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले सबैको छलफलपछि यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

१२ भाद्र २०७७ मा प्रकाशित
Nabintech