कोहलपुर नगरपालिकाको आइसोलेसनमा रहेका ४ जनाको बिदाई

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको आइसोलेसनमा रहेका ४ जनाको बिदाई गरिएको छ । कोहलपुरको अतिथि होटल आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमति लाई आज १४ दिन पछि बिदाई गरिएको हो । उनीहरु केहि स्थनिय र केहि बैदेशिक रोजगारीबाट आएका थिए । कोरोना जितेका उनीहरुलाई कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले बिदाइ गरेकाा हुन ।कोहलपुर नगरपालिकाले बनाएको आइसोलेसन होटलमा सबैलाई ब्यबस्थित र चिकित्सकको सम्पर्कमा राखिएको कोहलपुर नगर स्वास्थ्यका प्रमुख डिल्ली पोखरेलले बताए । उनले भने आजै कोहलपुरका ८५ बर्षिय बृद्धालाई पनि खजुरा अस्पतालबाट कोरोना जितेर डिसचार्ज भएको जनाए । पछिल्लो समय कोहलपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अबस्थामा सबै नगरबासीहरुले स्वास्थ्य मापदण्डा पालना गर्न पनि अनुरोध गरेका थिए ।

१२ भाद्र २०७७ मा प्रकाशित
Nabintech