जिल्ला र नगरको निर्णय बाझिदा कोहलपुर बासी अन्योलमा

पिपलबाेट संवाददाता


कोहलपुर नगर वासी दुवै तिरको मारमा पर्ने भएका छन् । जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको शुक्रबार वसेको वैठकको निर्णय अनुसार हप्तामा शुक्रबार र शनिबार दुई दिन निषेधाज्ञा लागु गर्ने भएको छ ।
यता कोहलपुर नगरपालिकाले २०७७ ÷५÷१० गते वसेको कोरोना भाइरसको संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरण गर्न कोहलपुर नगरपालिका स्तरीय कोभिड –१९ नियन्त्रण ब्यवस्थापन समितिको वैठकले हप्तामा विभिन्न बार अनुसार व्यापार व्यवसाय खोल्ने निर्णय गरेको छ । यसरी जिल्ला र स्थानिय निकायको समन्वय नहुदा स्थानिय बासी अन्यवल मा परेका छन् ।
कोहलपुर नगरपालिकाले आईतबार ,बुधबार र शुक्रबार किराना पसल, तरकारी,फलफुल, मासु,भाडा ,साईकल मोटरसाईकल सोरुम ईलेक्टिकल इलोक्ट्रोनिक्स ,मोवाईल तथा कम्प्युटर पसल खोल्न पाउने निर्णय गरेको छ यस्तै सोमवार ,मंगलबार ,विहिबार र शनिबार कपडा ,फेन्सी,जुत्ता चप्पल,कस्मेटिक ,पुस्तक तथा स्टेशनरी ,सहकारी ,टेलरिङ र सुन तथा गहनापसल खोल्न पाउने निर्णय गरेको छ । जिल्लाको र नगरपालिकाको निर्णय बाजिएको देखिन्छ । यस विषयमा प्रमुख लुट वहादुर रावत संग कुरा गर्दा जिल्लाले आफुहरुलाई कुनै जानकारी नदिएकाले नगरपालिकाले गरेको निर्णय ययथावत रहने वताए ।
यसै विषयमा प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्बाङका अनुसार समन्वय भएको
छ । जिल्लाले गरेको निर्णय कार्यन्वय हुने वताए ।
कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले कोहलपुरमा र जिल्लामा फरक निर्णय हुनुहुदैन यसरी व्यापारीहरु मारमा पर्ने भएकाले जिल्लाको निर्णय अनुसार नै वजार खुल्ने वताए ।

१३ भाद्र २०७७ मा प्रकाशित
Nabintech