कोहलपुरमा आयकर संकलन सम्बन्धी शिविर सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा आयकर संकलन सम्बन्धी शिविर सुरु गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना र आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको समन्वयमा आजदेखि कोहलपुरमा आयकर संकलन सम्बन्धी शिविर सुरु भएको छ । शिविरको उद्योग गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले कोरोनाको महामारीले नेपालको उद्योग व्यवसायमा नराम्रो असर परिरहेको जानकारी दिँदै राज्यले महासंघले व्यापारीका लागिविशेष नीति लिन माग गरेको बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले सरकारले विभिन्न समयमा जारी गरेको बन्दाबन्दी र स्थानिय निकायले गरेको अपरिपक्क निर्णयले व्यापारीहरुले ठुलो समस्या झेल्नु परेको बताएका छन् ।
कोहलपुर नगरपालिका भित्र करिब ४ सय व्यापारीहरुले आयकर तिनुपर्ने कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिएका छन् । महासचिव अधिकारी अनुसार वार्षिक २० लाख भन्दा कम करोबार भएको व्यवसायीहरुले आयकर तिर्नुपर्ने र कोरोना भाईरसका कारण यसवर्ष पनि कोहलपुरमै आयकर संकलन गर्न लागिएको जानकारी दिएका छन् ।

१४ भाद्र २०७७ मा प्रकाशित
Nabintech