१३ औं पुस्तकालय दिवसको अवसरमा माक्स वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले सर्वसाधारण, सवारी सचालक लगायत अन्य माक्स नलाएका मानिसहरुलाई माक्स वितरण गरेको छ । ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने मुल नाराका साथ १३ औं पुस्तकालय दिवसको अवसरमा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख अनन्तकुमार पौड्यालले कोरोना भाईरसका कारण शिक्षा क्षेत्रमा नकरात्मक असर परिरहेको जानकारी दिँदै कोरोना भाईरसबाट सहज अवस्था आएमा पुस्तकालयले नयाँ विविध कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले ज्ञानोदय सामुदायिक पुस्तकालयले १३औं पुस्तकालय दिवसमा भव्य कार्यक्रम गर्ने लक्ष्य लिएपनि कोरोना कारण अहिले माक्स वितरण कार्यक्रम मात्रा गरिएको जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै सामुदायिक पुस्तकालयका राष्ट्रिय उपाध्यक्ष जयश्वर पौडेलले पुस्तकालयको इतिहास दुई सय वर्ष पुरानो भएको जानकारी दिँदै कोरोना कहरका बिच अन्य थुप्रै कार्यक्रम गर्न नसकिएको जानकारी दिएका छन् । कोहलपुर क्षेत्रको एक मात्र सामुदायियक पुस्तकालय ज्ञानोदय सामुदाय पुस्तकालयले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

१५ भाद्र २०७७ मा प्रकाशित
Nabintech