कोहलपुरका मात्रै १७ सँगै बाँकेमा ४० जना नयाँ संक्रमित

पिपलबाेट संवाददाता


सोमबार कोहलपुर, नेपालगन्ज र खजुरा क्षेत्रका ४० जनामा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा कोहलपुरमा १७, नेपालगञ्जमा ८, खजुरामा ६ र नेपालगन्ज शिक्षण अस्पतालका ९ जना गरि ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । संक्रमितमध्ये दाङ, बर्दिया र महोत्तरी घर भएका एक-एक जना रहेका छन । अरु सबै बाँके जिल्लामा घर भएका हुन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।

१५ भाद्र २०७७ मा प्रकाशित
Nabintech