राजश्व कार्यालयद्धारा सवारी लिलाम-बिक्रिकालागि बोलपत्र आह्वान

पिपलबाेट संवाददाता


राजश्व अनुसन्धान कार्यालय कोहलपुरले सवारी साधन लिलामको प्रक्रिया अगाडी बढाएको छ । यसअघि गत श्रावण ९ गते सवारी साधन लिलाम बिक्रिकालागि शिलबन्दी दरभाउपत्र आह्वान गरीपनि कोरोनाका कारण जिल्लाभर निषेधाज्ञा जारी गरीएपछि उक्त प्रक्रिया स्थगित गरीएको थियो ।

निषेधाज्ञाका कारण स्थगित सवारी लिलामीको प्रक्रिया पुन सुचारी गरीएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ । नयाँ सूचना अनुसार बोलपत्रका लागि २४ गतेसम्म म्याद थपिएको छ ।

राजश्व कार्यालयका अनुसार १२ वटा रोयल इनफिल्ड सहित ३७ वटा बिभिन्न ब्राण्डका मोटरसाईकल लिलाल बिक्रिकालागि राखिएको छ ।

१६ भाद्र २०७७ मा प्रकाशित
Nabintech