नेपाल रेडक्रस उपशाखा कोहलपुरद्धारा माक्स वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले सर्वसाधारण, सवारी सचालक लगायत अन्य माक्स नलाएका मानिसहरुलाई माक्स वितरण गरेको छ । ५८ औं नेपाल रेडक्रस दिवसको अवसरमा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाका कार्यालय प्रमुख लाल बहादुर रानाले ५८ औं रेडक्रस दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो कोहलपुर नगरपालिकाले निर्माण गरेको होटल अतिथिको आईसेलेन्समा रहेका कोरोना संक्रमितलाई हाइजनिक किट वितरण गरिएको, आज माक्स वितरण गरिएको र भाद्र १८ गते सरसफाई कार्यक्रम रहेको र भाद्र १९ गते क्वारेन्टाईन र आईसोलेन्समा बसेका कोरोना संक्रमितलाई फलफुल वितरण गरी सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको बताएका छन् । साथै उनले कोरोनाका कारण माक्स अनिर्वाय लगाउनुपर्ने, व्यक्तिगत सरफाईलाई जोड दिईएको जानकारी दिँदै कोरोना भाईरसबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा विशेष जोड दिन आग्रह गरेका छन् । साथै नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले स्थानिय तहसँग मिलेर सबैभन्दा पहिला क्वारेन्टाईन व्यवस्थापन गरेको, स्वयम सेवक परिचालन, कोरोना संक्रमितलाई ओसार परसार गर्नका लागि कोहलपुर नगरपालिकाकालाई एम्बुलेन्स उपलब्ध गराईएको र नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखासँग भएका स्रोत र साधानको प्रयोग गर्दै कोरोना भाईरसका विरुद्ध लडिरहेको जानकारी दिएका छन् ।
साथै आपविपदमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले विभिन्न कार्यक्रमहरु गर्दै आएको अवस्थामा पछिल्लो समय कोरोना भाईरसको महामारीबाट बच्न र बचाउनका लागि सबैसँग सहकार्य गरी विभिन्न कार्यहरु गरिरहेको उनले बताएका छन् । विशेष गरी कोहलपुर रेडक्रसले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता अभियानलाई विशेष जोड दिईरहेको पाईन्छ ।

१७ भाद्र २०७७ मा प्रकाशित
Nabintech