बाँकेका ७ जना सहित ९ जनामा कोरोना संक्रमण

पिपलबाेट संवाददाता


बुधबार बाँके, बर्दिया र जाजरकोटका नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बाँकेका ७ तथा बर्दिया र जाजरकोटका १/१ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा ११८ जनाको स्वाव परिक्षण गरेकोेमा ५ पुरुष र ४ महिला गरी ९ जनामा मात्र संक्रमण देखिएको हो । भेरी अस्तपालको कोरोना परिक्षण प्रयोगशालामा हालसम्म प्राप्त नमूना संख्या ३५ हजार ४ सय ८४, परिक्षण सम्पन्न भएका नमूनाहरु ३५ हजार ३ सय ८४, हालसम्म संक्रमित १६ सय ८ जनाको रहेका छन् ।

१७ भाद्र २०७७ मा प्रकाशित
Nabintech