बाँकेमा १३ जना कोरोना मुक्त

पिपलबाेट संवाददाता


बाँकेबाट बुधवार १३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बैजनाथका १, कोहलपुरका ८, राप्तिसोनारीका १ र नेपालगञ्जका ३ गरी १३ जना डिस्चार्ज भएका हुन् । भदौं ३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार गरिएको थियो । आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएका ब्यक्तिहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७ सय ५९ पुगेको छ ।

१७ भाद्र २०७७ मा प्रकाशित
Nabintech