११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज

पिपलबाेट संवाददाता


पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

१७ भाद्र २०७७ मा प्रकाशित
Nabintech