मेचि महाकाली बुहारी संयुक्त आवाज बाँकेद्धारा फलफुल वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाईनमा बसेकालाई मेचि महाकाली बुहारी संयुक्त आवाज बाँकेले फलफुल विरतण गरेको छ ।
‘महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान’ भन्ने मुल नाराका साथ स्थापना दिवसको अवसरमा क्वारेन्टाईनमा रहेकालाई फलफुल वितरण गरिएको हो । मेचि महाकाली बुहारी संयुक्त आवाजको स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फलफुल वितरण गरिएको मेचि महाकाली बुहारी संयुक्त आवाज बाँकेकी अध्यक्ष मिना सिग्देलले जानकारी दिएकी छिन् । हिंसामा परेको महिलाहरुलाई न्याय दिने, घुरेलु हिंसामा परेको महिलाका पक्षमा आवाज उठाउने, महिलाहरु पीडित भएर विभिन्न हिंसाको सिकार भईरहेको र राज्यले महिला माथि हिंसा गर्नेहरु माथि फासीका सजायको माग गरिरहेको उनले बताईन् । देशमा संघिय लोकतन्त्र गणतन्त्रात्मक राज्य व्यवस्था आईसकेपनि महिलाहरु माथि विभिन्न खाले हिंसाहरु भईरहेकाले महिला माथि हुने हिंसाको अन्त्यका लागि मेचि महाकाली बुहारी संयुक्त आवाज विभिन्न सचेतना कार्यक्रमहरु गरिरहेको उनले बताईन् । नेपालमा दाईजो प्रथा, छाउपडि प्रथा लगायत अन्य विभिन्न खाले हिंसा महिला माथि हुँदै आएका छन् । त्यस्ता सबै खाले हिंसाको अन्त्यका लागि मेचि महाकाली बुहारी संयुक्त आवाजले विशेष भूमिका खेलिरहेको छ ।

१८ भाद्र २०७७ मा प्रकाशित
Nabintech