कोहलपुरमा रेडक्रस दिवसको अवसर पारी आईसोलेशनमा रहेकालाई स्वास्थ्य सामग्री प्रदान

पिपलबाेट संवाददाता


नेपाल रेडक्रसको स्थापना दिवसका अवसरमा कोहलपुरमा रहेको होटल अथितिको आइसोलेशनमा रहेका कोनोरा संक्रमितलाई व्यक्तिगत सरसफाईका अत्यावश्यक स्वास्थ्य सामाग्री तथा फलफुल वितरण गरिएको छ । ५७ वर्ष अघि नेपाल रेडक्रस सोसाइटी स्थापना भएको दिनको सम्झना गर्दै नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले कोहलपुर स्थित होटल अथितिमा निर्माण गरिएको आइसोसनमा रहेका ३० जनालाइ आज व्यक्तिगत सरसफाइमा प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु र फलफुल वितरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाका सभापति नारायण प्रसाद गौडेलले कोरोना भाईरसको महामारीका बिच सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भदौ १६ गते हाईजनिक किट वितरण, एक हजार पिस मास्क वितरण, दशविगाह अस्पताल वरिपरी सरसफाई लगायतका कार्यक्रमहरु गरी मनाईएको जानकारी दिएका छन् । उनले प्रत्यक वर्ष भदौ १९ गते मनाइने रेडक्रस दिवसको अवसरमा रचनात्मक तथा सेवामूलक गतिविधिहरु गर्ने क्रममा यस वर्ष कोरोना भाईरसको महामारीले आइसोलेसनमा रहेकाहरुलाइ उक्त स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको बताए । उक्त सामग्री अन्तर्गत ट्याबेल, साबुन, मन्जन, ब्रस, मास्क, सेनिटाईजर, नङकट, झोला, झुल, टर्च लगायतका सरसफाई सामाग्रीहरु वितरण गरिएको छ । विभिन्न प्रकोप र महामारी तथा अन्य दुखमा परेका जनतालाई साथ दिने भएकोले नै जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नारा लोकप्रिय रहेको सभापति गौडेलले बताएका छन् । साथै उनले कोरोना महामारीमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले आफुसँग भएको स्रोत र साधानको प्रयोग गरिरहेको र विपदको सयममा सबैले सहकार्य गर्नुपर्ने सभापति गौडेलले बताएका छन् । नेपाल रेडक्र सोसाईटी कोहलपुर उपशाखाले कोरोना महामारीका बिच सचेतनाका कार्यक्रम, मास्क वितरण, सरसफाई कार्यक्रम गरिएको र क्वारेन्टाईनमा निर्माण गर्दा झुल म्याट लगायत अन्य विभिन्न कार्यहरु गरिरहेको उनले जानकारी दिएका छन् ।

१९ भाद्र २०७७ मा प्रकाशित
Nabintech