नेपाल लागएत विश्व भरी अहिले कोरोनाको संक्रमनले आक्रान्त बनाएको अवस्थामा कोहलपुर क्षेत्रका केहि निजि विद्यालयहरुले अभिधावकहरुलाई दैनिक फोन गरेर बच्चा भर्ना गर्ने दवाफ दिन थालेका छन् । विद्यालयको पठनपाठन कहिले हुने भने विषयमा केहि भन्न नसक्ने विद्यालयले अहिले आफु खुसि भर्ना गर्न दवाफ दिन थालेका छन् ।
कोहलपुर नगरपालिका वडा न. १०मा रहेको जिवन ज्योति स्कुलले अभिभावकहरु लाई फोन गरेर बच्चा भर्ना गर्न दवाफ दिईदै आएको छ । समयमा भर्ना नगरेमा पछि भर्ना लिन नसकिने भन्दै धम्की पुर्न भाषा प्रयोग गर्दा अभिभावक चिन्तीत भएका छन् । चैत ११ गते देखि लकडाउन शुरु भएको अहिले सम्म पुर्ण रुपमा सहज वातावरण हुन नसकेको समयमा आफुहरुले काम गर्न समेत नसकेको अवस्थामा भर्ना गर्नु प¥यो भनेर विद्यालयले दवाफ दिएको एक अभिभावकले वताए ।
कोहलपुर जिवन ज्योति विद्यालयले भर्ना शुल्क वाफत भन्दा पनि एनुअल फिस भनेर सवै विद्याथिहरु वाट रु ६००० रुपैया एक मुस्ट लिने गरेको छ ।
यसरी एक वर्ष त्यहि विद्यालयमा पठन पाठन गरेको बच्चाहरुलाई पुन एनुअल फिसको नाममा एक मुस्ट रकम लिने गरेको छ । कोहलपुरको नगर शिक्षा शाखाका अनुसार शिक्षा नियमावलीमा एनुअल फिस बाफत दुई महिनाको मासिक शुल्क भन्दा वढि लिन नपाईने रहेको शिक्षा प्रमुख अनन्त पौडेलले वताए । तर कोहलपुर जिवन ज्योति स्कुलले सवै तहका बिद्याथीहरु वाट एक मुष्ट ६००० रुपैया लिने गरेको पाईएको
छ । भर्ना शुल्क कुनै पनि विद्यालयमा भर्ना गर्दा एक पटक मात्र लाग्ने हुन्छ केहि निजि विद्यालयहरुले एनुअल शुल्क भन्दै मन परि रुपमा उठाउने गरेका छन् ।
स्रोतका अनुसार जिवन ज्योति स्कुलले चैत ३ गते देखि विद्यालय बन्द हुदा पनि मासिक खाना शुल्क,मासिक शुल्क र मासिक गाडि भाडा शुल्क पनि लिएको अभिभावकहरुले वताए । किन यसरी शुल्क लगिएको भन्दा त्यहाका प्रिन्सीपलले बच्चा पढाउन मन नभए अर्को विद्यालयमा बच्चा लान सक्नुहुन्छ भन्दै अभिभावकहरु लाई धम्की दिने गरेका छन् ।
कोहलपुरका राजनितिक दलका नेता , ठुला व्यापारी , समाजका गन्य मान्यका व्यक्ति , स्थानिय निकायका कर्मचारी, जन प्रतिनिधि र संचार कर्मीका बच्चा समेत निशुल्क पठन पाठन गराउने गरेको स्रोतले जनाएको छ । यसरी आफुना बच्चा निशुल्क पढ्न पाउने भए देखि नै सवै वर्ग मौन रहने गरेको पाईएको छ ।