एभरेस्ट कृषि सहकारी संस्थाका प्रबन्धकले गरे व्यापक आर्थिक हिनामिना

पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ गाउँपालिका स्थित एभरेस्ट कृषि सहकारी संस्था लि बैजनाथ ६ का प्रबन्धक सन्चालक माधब रिजालले आर्थिक हिनामिना गरेको आरोप लागेको छ । आइतबार सहकारीका संस्थापक सदस्य डम्मर रावत लगाएतका स्थानीयवासिद्वारा संस्थाको आर्थिक हिनामिना गर्ने प्रबन्धकलाई तुरुन्त कार्बाही गरि बर्खास्त गर्नु पर्ने माग गरेका छन् ।
एभरेस्ट कृषि सहकारी संस्था लि प्रबन्धक रिजालको नाममा गत आर्थिक बर्ष असार मसान्तसम्मको हिसाब मध्ये रु ६ लाख ८० हजार बेरुजु आएपछी तत्काल सन्चालक समितिको निर्णय अनुसार प्रबन्धकको नाममा आएको बेरुजु रकम ब्याज सहित असुल गर्ने निर्णय भए पश्चात उक्त रकम बुझाउन मन्जुर भएपछि प्रबन्धक रिजाललाई आफ्नो दैनिकी कार्यालयको काम गरेर उक्त रकम बुझाउने गरि तमसुक गरिएको थियोे ।तर बिडम्बना यस आर्थिक बर्षको असार मसान्तसम्म सम्म कुनै ब्याज सहितको सावाँ रकम बुझाउनुको बदलामा झन यस आर्थिक बर्षमा थप कुल ११ लाख उनका नाममा बेरुजु देखिएको
छ ।
पहिलाको सर्त अनुसार असार मसान्तसम्म सवै रकम बुझाउनु पर्ने थियो , तर सन्चालक समितिले पटक पटक तमसुक गराएर ढाकछोप गरेपछि संस्था धरासायी बनेको छ । संस्थाको नियम बिपरित गरेका प्रबन्धक जस्तो जिम्मेवारी बोकेकाले यसरी आर्थिक अनियमितता गर्दा पनि संचालक समिति मौन बसेको छ । यसरी संस्थालाई कमजोर बनाउन थालेकापछिे कारबाही गरि बर्खास्त गर्नु पर्ने सहकारीका सदस्यहरु माग गरेका छन् ।
एभरेस्ट कृषि सहकारी संस्थाका अध्यक्ष देब बहादुर के. सि.का अनुसार मलाई यो बर्ष को बेरुजु भएको बिषयमा कुनै किसिमको लिखित वा मौखिक जानकारी छैन । वास्तवमा संस्थाको हित बिपरित काम गर्ने कसैलाई पनि छुट नदिने भनिएता पनि गत बर्षको हिनामिना भएको रकमको सावाँ ब्याज भुक्तानी गराउने सहमति भएको थियो । तर उक्त रकम चुक्ता नगरी थप रकम बेरुजु देखिँदा पनि सम्पुर्ण संचालक समिति नै गैरजिम्मेवारी भएको छ । यद्यपि संस्थाका अध्यक्ष समेतले जानकारी नभएको गैरजिम्मेवारी तर्क दिएकाले स्थानीय र संस्थाका सदस्यहरु आक्रोशित भएका हुन । आइतबार बसेको संचालक समितिको बैठकले लिखित स्पष्टीकरण सन्तोषजनक नभएको हुनाले संस्थाको सम्पती ब्यक्तिगत प्रायोजनका लागी प्रयोग गरेर हिनामिना गरेको आरोपमा प्रबन्धकलाई राजीनामा माग गरिएको थियोे । यदि तत्काल राजिनामा र सो बेरुजु देखिएको रकम फिर्ता नगरिएमा संस्थाको बिधान अनुसार बर्खास्तका साथै निलम्बन गर्ने वताएका छन् ।
लामो समय देखी संगै रहेर काम गरेको र अध्यक्ष देब बहादुर के.सि. को परम मित्र प्रबन्धक माधब रिजाल भएकोले शंका उत्पन्न भएको छ । अध्यक्ष पनि प्रबन्धकको बचाउमा लाग्न सक्ने स्थानीय र सदस्यहरुले अनुमान गरेका छन । आर्थिक हिनामिनाको सम्पुर्ण प्रमाण भेटिदा पनि अनुसन्धानको दायरालाई अगाडि नबढेको हुनाले संचालक समितिले सो प्रकरणलाई ढाकछोप हुन सक्ने आसङका गरिएको छ ।

२२ भाद्र २०७७ मा प्रकाशित
Nabintech