५ दिनका लागि खजुरा गाउँपालिका निषेधाज्ञा

पिपलबाेट संवाददाता


पछिल्लो समय बाँकेमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । बाँकेमा केहि समय अघि जानकी र कोहलपुरले लकडाउन समेत गरेका थिए । यस्तै खजुरा गाउँपालिका कार्यपालिकाको २१ गते बसेको बैठकले गाउपालिका भित्र आज २२ गते राति १२ बजेदेखि २७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । लकडाउनका समयमा अत्याबश्यक सवारी, साधन बाहेक अन्य सबै सेवाहरु बन्द रहने जानकारी समेत गराईएको छ । बाँकेमा हालसम्म कारोना संक्रमितको संख्या १२ सय ५१ जना पुगेको छ भने ७ जनाको मृत्यु भैसकेको छ ।

२२ भाद्र २०७७ मा प्रकाशित
Nabintech