दैलेखका कोरोना संक्रमितको कोहलपुरमा शल्यक्रिया

पिपलबाेट संवाददाता


नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज सोमवार एकजना कोरोना संक्रमित पुरुषको आन्द्राको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

दैलेख भगवतीमाई गाउँपालिका–१ का ३८ बर्षीय पुरुषको विहान शल्यक्रिया गरिएको हो । ती पुरुषको आन्द्राको पहिलो भागमा अल्सर विग्रेर फुटेको अस्पतालले जनाएको छ । संक्रमित पुरुषको डा.दिग्बीजय खड्का, डा. अरुण ज्ञवाली, डा. शिशिर खड्का, स्टाफनर्सहरु दुर्गा पन्त, पार्वती शाही, प्रेम कुमारी बस्नेत र सहयोगी राम गोपाल बाल्मिकीको टीमले शल्यक्रिया गरेको थियो ।

‘प्रादेशीक अस्पताल सुर्खेतबाट रिफर भएका ती विरामी राती पौने तीन बजेतिर अस्पताल आएका थिए लर्डबुद्ध एजुकेशनल एकेडमी प्रालिका सहायक निर्देशक डा. नितेश कुमार कनोडियोले स्वास्थ्य पेजलाई भन्नुभयो–‘तत्काल अप्रेशन गर्नुपर्ने केस थियो चिकित्सकको टोलीले आज विहान सवा आठ बजेदेखि सवा ९ बजे सम्म करिब एकघण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गर्नुभयो ।

शल्यक्रियापछि विरामीको अवस्था सामान्य रहेको र भेन्टिलेटरमा राखेर उपचार चलिरहेको डा. कनोडियाले बताउनुभयो ।

२२ भाद्र २०७७ मा प्रकाशित
Nabintech