कर्मकली रावलको परिवारलाई सहयोग जुट्दै

पिपलबाेट संवाददाता


कोहलपुर–११ सुकुम्वासी बस्तीमा बस्दै आएकी कर्मकलि रावललाई सहयोग जुट्दै आएको छ । रावलका माईला छोरा हरिचन्द्र रावल २०७३ फागुन २८ गते आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा उनको मेरुदण्ड भाँचियो । ‘मेरुदण्ड भाँचिदा ५० लाख खच, परिवार सडकमा’ शिर्षकको समाचार हाम्रो पीपलबोट अनलाईनमा प्रकाशित भएको थियो । कर्मकलि पवरिवारलाई कोहलपुर नगरपालिकाले एक बोरा चामल, दुई पोका तेल, दुई पोका नुन र नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले एक डम्बा ग्लोब्स उपलब्ध गराएको छ । त्यस्तै कामाण्डौंमा पनि रावल परिवालका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

२३ भाद्र २०७७ मा प्रकाशित
Nabintech