बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तालय तथा श्रोत अति विपिन्न परिवारलाई खाद्यान्न सयहोग गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १२ का कर्ण बहादुर बि.क. र कोहलपुर–११ सुकुम्बासी बस्तीका सीताराम थारुको परिवारलाई खाद्यान्न सहयो गरेको छ । कोहलपुर–१२का बि.क.को मेरुदण्ड भाँचिँदा घरको आर्थिक समस्या आईरहेको र कोहलपुर–११ का सीताराम दृष्टिबिहिन हुन् । दुबै परिवारलाई एक बोरा चामल, दुई लिटर तेल, दुई किलो नुन र तीन किलो दालका दर दुबै परिवारलाई दिएको छ ।
ज्ञानोदय सामुदायि पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले कोरोना भाईरसका कारण विभिन्न समस्यामा परेकाहरुलाई पुस्तकालयले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न सहयोग गरिरहेको जानकारी दिएका छन् । पुस्ताकालय हाल सम्म १६ जनाको परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिसकेको छ ।