ट्याक्टर दुर्घटना हुँदा मेरुदण्ड भाँचियो, परिवारमा आर्थिक संकट

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ का कर्ण बहादुर बि.क.को परिवार अहिले आर्थिक संकटमा परेको छ । २०७३ साल माघ २६ गते आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा मेरुदण्ड भाँचिए पछि हाल परिवारमा आर्थिक संकट पर्दा पछिल्लो समय खाद्यान्नको अभाव संकट आएको छ । खोलाबाट ढुङ्गा ल्याउनका लागि आफैले चलाएको ट्याक्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ३० वर्षिय बि.क.को मेरुदण्ड भाचिँयो । दुर्घटना पछि काठमाण्डौंको टिचिङमा २ महिना, काभ्रेको धुलिखेलमा ५ महिना सम्म उपचार गरेको बि.क.ले बताएका छन् । दुर्घटनामा घाईते भए पछि उपाचार खर्च सवारी धनीले व्यहोरे पनि हाल सम्म राज्यले कुनै पनि सहयोग नगरेको उनको भनाई रहेको छ ।  लकडाउन हुनुभन्दा पहिला ठेलामा सामान्य व्यापार गरी घर खर्च चलाईरहेको अवस्थामा हाल कोरोना भाईरसको संक्रमणका कारण ठेलाको व्यापार पनि बन्द भएको उनकी श्रीमति कुमारी बि.क.ले बताएकी छिन् । कमाउने व्यक्ति विगत ३ वर्षदेखि विरामी भएपछि घर परिवारले आर्थिक संकट झेल्दै आई्रहेको उनी बताउँछिन् । भारतमा काम गर्न गएका उनका बुवा दुई वर्षदेखि परिवारको सम्पर्कमा आएका छैनन् । छोरा विरामीभएको अवस्थामा बुवा साथमा नहुँदा धेरै समस्या आफुमाथि आईपरकोे उनकी आमा धनसरी बि.क. बताउँछिन् । अलिकति पैसाको व्यवस्था भएको भए पुन चेकजाँच र उपाचारका लागि छोरालाई राम्रो अस्पतालसम्म लिने सोचमा छिन् आमा धनसरी बि.क. ।  हालसम्म दिशा गर्नका लागि ट्याईलट कुर्सीको समेत व्यवस्थापन गर्न नसकिरहेको र छोराका लागि कसैले सहयोग नगरेको भन्दै छोरालाई जन्म दिए पनि केहि गर्न नसकेकोमा दिन रात उनी चिन्तामा छिन् ।
बि.क.ले ७ वर्षसम्म जाजरकोट र बाँकेमा गाडि चलाएका थिए । ५ वर्षिय छोरी आयुष्मा बि.क.लाई भविष्यमा असल मानिस बनाउने सोचमा छन् कर्ण बहादुर बि.क. ।

२४ भाद्र २०७७ मा प्रकाशित
Nabintech