५८ जनामा कोरोना संक्रमण पुष्टि

पिपलबाेट संवाददाता


पछिलो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३४ जना बाँकेका रहेका छन् । जिल्ला अदालत बाँकेका १२ र मुक्ति विकास बैंक बाँकेका १ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । यस्तै बर्दियाका ८ र कैलालीका १ उदयपुर हेल्थपोष्टका २ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालले बुधवार जारी गरेको सूचनाअनुसार ७ सय ३७ जनामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना देखिएको छ ।

२४ भाद्र २०७७ मा प्रकाशित
Nabintech