कोरोना संक्रमित मायाको परिवारलाई सहयोग जुट्दै

पिपलबाेट संवाददाता


बाँकेको खजुरा गाउँपालिका स्थित रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यालय सहयोगीलाई कोरोना संक्रमण हुदाँ उनको परिवारमा थप समस्या भएको समाचार  आएपछि सहयोग जुट्न थालेको छ ।

श्रीमान गुमाइसकेकी खजुराकी माया परियारलाई अस्पतालमा काम गर्दै गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित माया परियारको परिवारका लागी केहि सहयोग मिलोस भनेर स्थानिय दिपक माविका प्रीन्सीपल तथा समाजसेवी राजेन्द्र आचार्यले घरमै पुगेर आर्थिक सहयोग गर्नुभएको छ । आचार्यले तत्कालको लागी ३ हजार रुपैया आर्थिक सहयोग माया परियारको छोरीलाई प्रदान गर्नुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक सहित भाद्र २१ गते १० जनाको कोरोना पुष्टिको रिजल्ट आउदा मायाको परियारको पनि पोजेटिभ देखिएको थियो । माया अहिले त्यहि क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा बसिरहेकी छन ।

आइसोलेसनमा १४ दिन बस्नुपर्ने हुन्छ । माया परियार आइसोलेसनमा बस्दा उनको घरमा छोराछोरीहरु हेर्ने, खाध्यान्न ल्याउने पकाउने समस्या भएको समाचार नागरिक समाजमा हिजो मंगलबार प्रकाशित भएको थियो ।

घरको आर्थिक अवस्था कमजोर हुदाँ हुदै श्रीमान गुमाउन पुगेकी मायालाई कोरोना भाइरसको संक्रमणहुदाँ झनै कठिन परिस्थीती आइपरेको छ । क्यान्सर अस्पतालको सामुन्ने भाडामा बस्दै आएकी माया र उनको परिवारको आफ्न्त खजुरामा नभएका कारण पनि समस्या भइदिएको छ ।

आइसोलेसनमा उपाचार गराइरहेकी मायाले छाति दुख्ने, खोकि लाग्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको बताइन ।

२४ भाद्र २०७७ मा प्रकाशित
Nabintech