बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पछिल्लो समय कोरोना संक्रमित गर्भवति महिलाहरुको नयाँ जीवन दिने स्थल बनिरहेको छ । विशेष गरी कोरोना संक्रमित गर्भवति महिलाहरुको उपचार अन्य क्षेत्रका स्वास्थ्यकर्मीले नगरे पछि गर्भवति महिलाहरुलाई कोहलपुर रिफर गरिरहेका छन् । कोरोना महामारीका बिचमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले चार जना कोरोना संक्रमित भर्गवति महिला सहित कोरोना संक्रमित ८ जनाको शल्यिक्रिया गरेको छ । जेष्ठ २६ गते अछामकी २३ वर्षिय, असार ६ गते कपिलबस्तुकी २७ वर्षिय, साउन २४ गते रुकुमी २८ वर्षिय र भदौ ६ गते बुटवलकी २८ वर्षिय कोरोना संक्रमित भर्गवति महिलाहरुको सफल शल्यक्रिया गरेको नेपालगञ्ज मेडिकल कलेश शिक्षण अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले हालसम्म १ सय २० जना कोरोना संक्रमितलाई उपचार गरेको छ भने हालसम्म ७० जना भन्दा बढि कोरोना मुक्त भई डिचार्ज भईसकेको डा. श्रेष्ठ बताउँछन् ।
साथै अस्पतालले हाल १०० वटा कोभिड बेड छुट्याएको र आवश्यकता अनुसार थप गर्ने सोचमा रहेको छ । अस्पतालले कोरोना संक्रमित र कोरोना संक्रमण नभएका बिरामीहरुलाई छुट्टा छुट्टै व्यवस्थापन गर्नका लागि विशेष रणनीति लिईरहेको जानकारी दिँदै कोरोना संक्रमितका बिरामीलाई राख्ने बेड, आईसियू लगायत अन्य सबै वार्ड छुट्टै व्यवस्था गरिएको उनले बताएका छन् । कोरोना महामारिले विश्वलाई नै ठप्प पारिरहेको जानकारी दिँदै विशेषज्ञको भनाईलाई सबैले मान्नु पर्ने र कोरोनालाई सामान्य रुपमा नलिन सबैलाई आग्रह समेत गरेका छन् । पश्चिम नेपालका तीनवटा प्रदेशको रेफरल हबका रूपमा रहेको उक्त मेडिकल कलेज विगतदेखि अहिलेसम्म आमनागरिको सेवामा लागिपरेको छ । पछिल्लो समय कोभिड १९ का कारण आम नागरिक संक्रमित बनिरहेको बेला मेडिकल लकेजले आफनो सारा जनशक्ति यसैको रोथाम तथा नियन्त्रण र विरामीको उपचारमा परिचालन गरेको छ । नेपाल सरकारले अस्पताललाई लेभल थ्रि को अस्पताका रुपमा मान्यता दिईसके पछि हाल कोरोका गम्भिर विरामीका लागि पाँचवटा आईसियूका बेड, सामान्य बिरामीकमा लागि १० वटा आईसियू र २ वटा भेन्टिलेटरको व्यवस्था गरेको छ । अस्पतालका सबै डाक्टरहरु १० दिन अस्पतालकै सेल्फ आईसोलेसनमा बस्ने र १० दिन पछि पुन बिरामीको उपाचारका लागि अस्पताल आउने गरेका छन् ।