बाँकेमा फेरि १५ संक्रमित थपिए, ११ जना महिला

पिपलबाेट संवाददाता


बाँकेमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जले शनिवार दोस्रो पटक विवरण सार्वजनिक गर्दै थप एक सय नमुना परीक्षणमा  १५ जनामा भाइरस पोजेटिभ देखिएको जानकारी दिएको छ ।

योसँगै आज एकैदिन बाँकेमा ५५ जना संक्रमित थपिएका छन् । भेरीमा आज दिउँसो दुई सय नमुना परीक्षण गर्दा बाँकेमा ३५ र बागेश्वरी ल्याव कोहलपुरको परीक्षणमा ५ जना संक्रमित फेला परेका थिए ।

भेरी अस्पतालले साँझ ७ बजे जारी गरेको विवरणमा १३ जना नेपालगन्ज र २ जना खजुराका छन् । जस्मा महिलाको संख्या ११ रहेको छ ।

२८ भाद्र २०७७ मा प्रकाशित
Nabintech