कोहलपुर नगरपालिका कर्मचारी र जनप्रतिनिधिहरुद्धारा अनुगमन तथा मुल्याङकन भत्ता लिएको स्वीकार

पिपलबाेट संवाददाता


केही दिन अगाडी देखी बाँकेको कोहलपुर नगरपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुले मनोमानी रुपमा अनुगमन तथा मुल्याङकन भत्ता वापत बुझेको रकम मंगलबार प्रेस विज्ञप्ती मार्फत स्वीकार गरेको छ ।

 

 

नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा ७७ जना कर्मचारी र जनप्रतिनिधीले अनुगमन वापत २२ लाख ८१ हजार ५ सय ५५ रुपैया बुझेका संचार माध्यमबाट प्रमाण सहित बाहिरिए पछि कोहलपुर नगरपालिकाले मंगलबार प्रेस विज्ञप्ती जारी गरेको थियो ।

प्रेस विज्ञप्तीमा भनिएको छ हामीबाट कहिकतैबाट कमीकमजोरी हुन पनि सक्छन् किनभने हामी पनि त्यही समाजका मान्छे हौँ त्यस्ता कमि कमजोरीलाई तथ्य सत्य र स्वभाविक प्रसंग अनुसार सभ्य भाषामा  आलोचनात्मक स्वभाविक भएको र आगामी दिनमा सुर्धिने अवसरको रुपमा ग्रहण गर्ने सधै तयार नै छौँ उक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालद्धारा हस्ताक्षर विज्ञप्तीमा २०७६ अषाढ ८ गते भत्ता नदिने कोहलपुर नगरपालिकाले निर्णय गरेको थियो  उक्त विज्ञप्ती भनिएको छ ।

३१ भाद्र २०७७ मा प्रकाशित
Nabintech