आसोजको पहिलो हप्ता देखि विद्यालय संचालन गर्ने तयारी

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकले सामुदायिक र संस्थागत विद्यालय संचालनको तयारी थालिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारि गरे सँगै कोहलपुरमा विद्यालय संचालनको तयारि गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाले शिक्षासँग सम्बद्ध सरोकारवाला निकायहरुसँग छलफल गरी विद्यालय संचालनको तयारी गरेको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् । शिक्षा मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरि प्रत्यक्षरुपमा विद्यालय संचालनको लागि बाटो खोलिदिएका कारण कोहलपुर नगरपालिकाले विद्यालय संचालनका लागि तयारी थालेको नगरप्रमुख रावतले बताएका छन् ।
कोहलपुर नगर शिक्षा शाखा प्रमुख आनन्तकुमार पौड्यालले कोहलपुर नगर भित्रका विद्यालयहरुले कार्यविधि बनाई नगर शिक्षा शाखामा उपलब्ध गराउने र कोहलपुर नगरपालिका विद्यालय संचालनका लागि आवश्यक कार्यविधि बनाएर विद्यालयन संचालन गर्ने बताएका छन् । साथै उनले विद्यालयहरुले स्वास्थ्य मापदण्डको पालना गरी ८ र १० कक्षाको पढाई सुरु गर्न तयारी थालिएको बताएका छन् । सो छलफलमा सहभागि शिक्षा सँग सम्बद्ध सरोकारवाला निकायका प्रनिधितिहरुले विद्यालय संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने र कोरोना भाईरसका अवस्थाभयाभह भएको अवस्थामा विद्यालयको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्नुपर्ने बताएका छन्
। नगरपालिकाले असोजको पहिलो हप्तादेखि विद्यालय संचालनको तयारी गरिरहेको छ।

३१ भाद्र २०७७ मा प्रकाशित
Nabintech