कोहलपुर र राप्तीसोनारीमा ३४ जना नेकपामा प्रवेश

पिपलबाेट संवाददाता


राप्तीसोनारी २ असोज\बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं १ कुसुममा नेपाली कांग्रेस परित्याग गरि शुक्रबार २१ जना युवाहरु नेकपामा प्रवेश गरेका छन । युवराज शर्मा र हुकुम वलीको नेतृत्वमा २१ जना युवाहरु नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेका हुन । नेकपाका केन्द्रीय सदस्य एवँ बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले खादा र अवीर लगाइ पाटीमा औपचारिक रुपमा प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रमका बोल्दै प्रमुख अतिथि समेत रहेका साँसद अथकले नेपालको आमुल परिबर्तनका लागि नेपालमा कम्युनिष्टहरूले ठुलो बलिदान र त्याग गरेको बताए । उनले नयाँ नेपाल निर्माणका लागि र सरकारले लिएको सँकल्प समृद्ध नेपाल र सुखी नेपालीको सँकल्प लाइ पूरा गर्न देशलाइ युवाहरुको खाँचो रहेको बताए । त्यस्तै शुक्रबार कोहलपुर ५ मा जनार्दन चौधारीको नेतृत्वमा १३ जना नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन । शुक्रबार कोहलपुर नगरपालिका वडा नँ ५ को नेकपा वडा कमिटिले आयोजना गरेको एक कर्यक्रममा नेपली काँग्रेस परित्याग गरी युवाहरु नेकपामा प्रवेश गरेका हुन ।नेकपाका प्रदेश कमिटि सदस्यहरु जिल्ला कमिटि सदस्यहरुको उपस्थिति रहेकोे थियो ।

२ आश्विन २०७७ मा प्रकाशित
Nabintech