कोरोना भाइरस: थप २०२० जनामा संक्रमण पुष्टि, ८७१ जना डिस्चार्ज, ७ जनाको मृत्यु

पिपलबाेट संवाददाता


वितेको २४ घण्टामा नेपालमा २ हजार २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार चार सय ५८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसको कुल सङ्क्रमितको सङ्ख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

यस्तै वितेको २४ ८ सय ७१ जना निको भएर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या ४३ हजार ८ सय २० पुगेको छ । अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला रहेका छन् भने ५ जना पुरष रहेका छन् । मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार मृत्यु हुने महिलामा काठमाडौं र ललितपुरका ५८ र ६६ वर्षीया एक एक जना महिला रहेका छन् । यस्तै मृत्यु हुने पुरुषमा मोरङका ६६ वर्षका दुई जना, काठमाडौं र भक्तपुरका ८८ वर्षका एक एक जना, नवलपरासीका ३१ वर्षका एक जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या घ सय ९० पुगेको छ ।

२ आश्विन २०७७ मा प्रकाशित
Nabintech