कुलमान बचाउन यूवाहरुद्धारा कोहलपुरमा बिरोध र्‍याली

पिपलबाेट संवाददाता


कोहलपुरमा शनिबार भ्रष्टचारको जालो तोड्दै लोडसेडिङ्गको अन्त्य गरौं ,कमिसनको चलखेलबाट प्राधिकरणलाई मुक्त पारौं भन्ने नाराका साथ युवाहरुद्धारा र्‍याली गरेका छन् ।


कोहलपुरमा निकालिएको र्‍याली वजार ,कोहलपुर हाईस्कुल ,एनटिभि रोड,बसपार्क कोहलपुर चौराहा हुदै न्यूरोमा पुगेर समापन भएको छ । यूवाहरुका विभिन्न मागहरु सहित र्‍याली निकालिएको थियो । कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणको प्रमुखमा पुन नियूक्ति गनुपर्ने ,नेपालमा एमसिसि सम्झौता नगर्ने र मुलुकमा भएको व्यापक भ्रष्टचारको अन्त्य गरिनु पर्ने विभिन्न माग रहेको र्‍यालीको संयोजन गरेका मनोज डाँगीले वताए । उनिहरुले आज नेपालमा संविधान जारी भएको दिन भएकाले कोहलपुर न्यूरोमा बेलुका दिप प्रज्वलन समेत गर्ने
वताए ।

३ आश्विन २०७७ मा प्रकाशित
Nabintech