नेपाली काँग्रेस क्षेत्रिय कार्य समितिले अझै दिएन क्रियासिल फाराम

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसको क्रियासिल सदस्य बाँके क्षेत्रनम्वर १का नगर र गाँउ कार्य समितिले अझौ पाएनन् । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले साउन ५ गते बाँके जिल्लाका ३ वटै क्षेत्रिय सभापतिहरुलाई जिल्ला सभापतिले केन्द्रको परिपत्र अनुसार नयाँ क्रियासिल सदस्य दिएको नेपाली काँग्रेस जिल्ला सभापति किरण कोईरालाले वताईन । बाँके जिल्लाले नयाँ क्रियासिल सदस्य पाएको केहि दिन कोरोनाका कारण केहि ढिला गरेर साउनको ५ गते नै ३वटै क्षेत्रिय सभापतिलाई दिइएको बताईन ।
बाँके जिल्लाका क्षेत्र नं २ र ३ मा नयाँ क्रियासिल सदस्य वडा सम्म वितरण भैसकेको छ भने बाँके क्षेत्र नंम्वर १ मा भने अझै पनि क्षेत्रिय सभापतिले अहिले संम्म प्रदेश समितिलाई बुझाएका छैनन् । नेपाली काँग्रेसको परिपत्र अनुसार सवैतहले आफुले क्रियासिल बुझेको ३दिन भित्रमा आफु भन्दा तलको निकायलाई क्रियासिल सदस्य दिनु पर्ने प्रावधान रहेको छ । नेपाली काँग्रेस क्षेत्र नम्वर १का प्रदेश ‘ख’ का सभापति टोप बहादुर खड्काले आफुले नयाँ क्रियासिल सदस्य क्षेत्रिय सभापति वाटपाई सकेको जानकारी दिए । तर प्रदेश ‘ख’ का समापति राम चन्द्र मौर्यले आफुले अहिले संम्म नयाँ क्रियासिल सदस्य नपाएको बताए । उनले भने अन्य क्षेत्रमा क्रियासिल सदस्य वडा सम्म वितरण हँुदा सम्म पनि क्षेत्रिय सभापतिले नयाँ क्रियासिल सदस्य आफ्नै पकेटमा राखेर वस्दा काँग्रेस क्रियासिलहरुमा अन्योल सिर्जना उत्पन्न भएको बताए । नेपाली काँग्रेस क्षेत्र नं. १का क्षेत्रिय सचिव डिल्ली गिरीले क्षेत्रमा नयाँ क्रियाशिल तथा नविकरण फाराम आएको साउन ५ गते क्षेत्रिय सभापति माधव राम खत्रीले जिल्ला वाट बुझनुभएको तर आफुले त्यो कस्ता छन् देख्न नपाईएको वताए । क्षेत्रिय कार्यसमितिको साउन १६ गते बैठक वसेको तर कुनै किसिमको निर्णय हुन नसकेको गिरीले वताए । त्यस पछि बैठक माईण्ट सभापतिले लिएर जानु भयो अव कहिले वैठक गर्नै कहिले वाढ्ने भन्ने बारे आफु अनविज्ञ रहेको वताए । नेपाली काँग्रेस क्षेत्र नम्वर १ का सभापतिले क्रियासिल सदस्य आफै संग राख्यर हिड्दा केन्द्रीय परिपत्रको खिलापमा रहेको देखिन्छ ।

३ आश्विन २०७७ मा प्रकाशित
Nabintech