कोहलपुर नगरपालिका नगर कार्यपालिका अन्र्तगतको शिक्षा, युवा तथा खेलकुद शाखाले २०७७/६/२ गते एउटा सूचना सार्वजनिक गर्छ । सूचनामार्फत स्पष्ट रुपमा नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्बोधन गरेर प्रत्यक्ष तथा वैकल्पिक सिकाई सञ्चालन सम्बन्धमा निर्देशन नै जारी गर्छ । हाल कक्षा ८ देखि माथिका कक्षाहरु २०७७/६/४ गतेदेखि दिनमा एउटा कक्षा स्वास्थ्य सुरक्षा र सामाजिक दुरीको प्रवन्ध मिलाई कक्षा सञ्चालन गर्न सूचनामार्फत १० बुँदे निर्देशन दिइएको छ । यही सूचनालाई आधार मानेर विद्यालयहरुले कक्षा सञ्चालनको तयारी गर्नतर्फ उन्मुख हुन्छन् र अभिभावक र विद्यार्थी पनि तयारी अवस्थामा रहेको अवस्थामा अर्को सूचना जारी गरेर विद्यालय सञ्चालन नगर्न निर्देशन दिइन्छ ।
नगर शिक्षा समितिको मिति २००७७/६/१ गतेको वैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भनेर २ गते जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । तर जिल्ला प्रशासन कार्यालय बाँकेले मिति २०७७/६/१ गते जारी गरेको सूचनामा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को सूचना जारी नभएसम्म सञ्चालन नगर्न, नगराउन सूचना प्रकाशित गरिसकेको अवस्थामा किन नगर शिक्षा शाखाले सोही मितिमा वैठक बसेर विद्यालय सञ्चालनको निर्देशन दियो ? आश्चर्यको विषय बनेको छ । अन्ततः विद्यालय सञ्चालन गर्ने भनि तोकिएको दिन अर्थात ४ गतेमात्र सूचना सार्वजनिक गरेर विद्यालय सञ्चालन नगर्न गरेको निर्देशनले शैक्षिक जगत आश्चर्यमा परेको छ । यस कदमले नगर शिक्षाको आलोचना शुरु भएको छ ।
नगर शिक्षाको निर्णय लगत्तै प्याब्सन कोहलपुर नगर अध्यक्ष यम बहादुर रावतले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका छन् –‘यदि असोज १ गते नै जिल्ला प्रशासन बाके ले बिद्यालय नचलाउने निर्णय गरेको थियो भने कोहलपुर नगर शिक्षा शाखा ले किन खोल्ने निर्णय गरेको, अनि आज फेरि बन्द ग¥या,े अपरिपक्व हो या जुङ्गा को लडाइ हो बुझ्नै गहारो ….’ । कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालद्वारा हस्ताक्षरित दुवै सूचना अनुसार नगर क्षेत्रमा रहेका माध्यामिक तहका सामुदायिक १३ र संस्थागत २२ वटा विद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नगर शिक्षाको अपरिपक्कता र स्थानिय सरकारले अधिकारको दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।