निजि विद्यालयहरु विद्यार्थी अभिलेखिकरण गर्न आग्रह

पिपलबाेट संवाददाता


कोरोनाको जोखिम बढ्ने भन्दै ६ महिना देखि बन्द भएका नीजि विद्यालय असोज १५ गतेवाट सञ्चालन हुने भएका छन् । सरकारले सुरक्षाको मापदण्ड अपनाउँदै विद्यालय संचालन गर्न अनुमति दिएपछि बाँके कोहलपुर नगरपालिका भित्रका विद्यालय असोज १५ गतेवाट सञ्चालन हुने भएको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका र विद्यालय सिकाई सम्बन्धि आकस्मिक कार्ययोजना अनुसार बाँके कोहलपुर नगरपालिकाका विद्यालय सञ्चालन हुने भएका हुन् । बुधवार बसेको प्याप्सन, नेशनल प्याप्सन र क्रिसाको बैठकले बाँकेका नीजि विद्यालय असोज १५ गतेवाट सञ्चालन गर्ने निर्णय गरेको हो । तिन संगठनले जारी गरेको विज्ञप्तीमा अघिल्लो वर्ष अध्ययन गरेका विद्यार्थीले अनिवार्य रुपमा अभिलेखिकरण तथा भर्ना गरिसक्नुपर्ने उल्लेख छ । समय भित्र भर्ना नगरिएका विद्यार्थीलाई विद्यालयले परिक्षामा सामेल नगराउने जनाइएको छ ।

विद्यालय परिवर्तन गर्न चाहने विद्यार्थीले जन्मदर्ता र स्थानान्तरण प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएको छ । प्याप्सनका एम रावत, नेशलन प्याप्सनका वेग प्रकाश चन्द र क्रिसाका शिव प्रसाद डाँगीले संयुक्त रुपमा विज्ञप्ती जारी गरि यि तीन संगठनमा आवद्ध विद्यालयहरुले असोज १५ भित्र विद्यालय नियमित सञ्चालन गर्न सम्बन्धित विद्यालयलाई आग्रह गरेका छन् ।

७ आश्विन २०७७ मा प्रकाशित
Nabintech