आफन्तीको भर्ति केन्द्र वन्दै कोहलपुर नगरपालिका

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले करार कर्मचारी पदपूर्तीमा व्यापक चलखेल गरी कर्मचारी भति गरिएको छ ।
कोहलपुर नगरपालिकाले मिति २०७७ \०२\२७ गते प्रकाशन गरेको करार पदपूर्ती सम्वन्धी जरुरी सूचना अनुसार विभिन्न पदको लागी सूचना प्रकाशन भएको थियो ।
करार कर्मचारी भर्ना अभियानमा आफु निकट मानिसहरुलाई मात्र भर्ना गरिएको एक परीक्षार्थिले वताए ।
निमित कार्यालय प्रमुख भएको समयमा आफु कर्मचारी छनौट गरिएको थियो । गत आर्थिक बर्षमा गर्नु पर्ने पदपुक्ति अर्को आर्थिक वर्षमा गरिएको हो ।

कार्यपालिका सदस्य तथा आर्थिक विकास संयोजक दिल वहादुर परियारकी वहिनि अ.न.मी.बाल कुमारी परियार

कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीकी आफ्नै नन्द सुनिता थारु सिकलसेल ल्यावमा स्टाप नर्समा नाम निकालिएको छ भने नगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक विकास संयोजक दिल वहादुर परियारकै आफ्नै वहिनी बाल कुमारी परियार सिकलसेल ल्यावमा अनमीको लागी छनौट गरिएको छ । उनि पहिला कोहलपुर नगरपालिका वडा नं. ३मा हेल्पडेक्समा काम गदै आएकी थिईन ।

उप मेयर सन्जु कुमारी चौधरीको नन्द स्टाप नर्स सुनिता थारु

दुवै जना कोहलपुर नगरपालिकाले यो भन्दा पहिला लिखित परिक्षा लिएर कर्मचारी पद पुर्ति गर्दा नाम निकाल्न नसकेकाहरु अहिले अन्तर्वातामार्फत नाम निकाल्न सफल भएका हुन । आफुले भनेका उमेदवारको नाम न निकाल्देको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाको उनि विदेश भ्रमणमा रहेको समयमा सरुवा समेत गरिएको नाम नवताउने सर्तमा एक कर्मचारीले वताए ।
यस्तै कार्यपालिक सदस्य शान्ति सुनारकी बुहारी तारा के.सी लाई पनि कार्यालय सहयोगीको रुपमा छनौट गरिएको छ । एक वर्ष पहिला खुल्यको बिज्ञापनमा उनिको नाम बैकल्पीतमा निक्लीएकोले केहि युवाहरुको समुह आएर कोहलपुर नगरपालिकाको कार्यालय तोड फोड समेत गरेका थिए । तोड फोड गर्नेहरु लाई कोहलपुर नगरपालिकाले अहिले सम्म केहि पनि कार्वाहि गरेको छैन् ।

कार्यपालिका सदस्य सान्ती सुनारकी बुहारी कार्यालय सहयोगि तारा के.सी

ल्याव टेक्निसियनमा नाम निकाल्न सफल भएकी कोहलपुर नगरपालिका वडा नं. ६ कि विन्दु ढकाल लाई विभिन्न किसिमको दवाफ पछि बैकल्पित उमेदवार लक्ष्मी अधिकारीलाई छनौट गरिएको छ ।
यसरी आफ्ना मानिस भर्ना गर्ने भत्ति केन्द्रको रुपमा विकास हुदै गएको छ कोहलपुर नगरपालिका ।

११ आश्विन २०७७ मा प्रकाशित
Nabintech