जवरजस्ती हाडनाता कारणीको कसुर जिल्ला अदालतबाट ८ वर्ष कैद सजाए सुनाईएका बाँकेका एक ब्यक्ति २ वर्षमै छुटेका छन । जवरजस्ती हाडनाता करणी ठहर भएका कोहलपुर ५ का रामचन्द्र घिमिरे (सब्जी बाजे) २ वर्षमै कारागार मुक्त भएका हुन ।
जिल्ला अदालत बाँकेका न्यायधिस पुर्ण बहादुर बास्तोलाको ईजलासले उनलाई ८ वर्ष कैद सजाय तोकेको थियो । ८ वर्ष कैद सजय तोकेको भएपनि बिभिन्न सुबिधाको प्रयोग गर्दै उनि २ वर्षमा नै सजाय मुक्त भएर बाहिरिएका हुन ।
घिमिरेले आफ्नै नातिनिलाई जवरजस्ती करणी गरेको भन्दै परिवारकै सदस्यको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पिडीत बालिका नावालिका समेत हुन ।
नावालिकालाई हाडनाता करणी गरेको भएपनि कानुनको छिद्रको प्रयोग गदै उनी कारगार मुक्त भएको एक कानुन व्यावसायीले दाबि गरेका छन । उनका अनुसार घिमीरेलाई कम्तीमा ११ बर्ष सजाय हुनुपर्ने हो । जेष्ठ नगरिक भएका नाताले छुटको उपयोग गरेको भएपनि घिमीरे कम्तीमा ३ बर्ष सजाय भोग्नै पर्ने थियो । कोभिड र अन्य कारण देखाएर पनि उनलाई मुक्त गरिएको ति कानुन व्यवसायीको भनाई छ ।
जेष्ठ नगारिक ऐनमा उमेर हेरेर ७५ वर्ष माथिकालाई अधिकतम दुई तिहाई सजाय माफ हुन सक्ने व्यवस्था रहेको ति कानुन व्यवसायीको भनाई छ ।