राप्तीसोनारीमा सोमबार ९३ जना काग्रेसमा प्रवेश

पिपलबाेट संवाददाता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र राप्रपा परित्याग गरेर ९३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर–२ सोमबार आयोजित एक कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् । नेपाली काग्रेस बाँकेका उपसभापति फुलाराम थारुको प्रमुुख आथित्यमा  नेपाली काँग्रेस राप्तीसोनारीका संयोजक भिम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई नेपाली काग्रेस बाँकेका जिल्ला उपसभापती फुलाराम थारु,जिल्ला सचिव तप्त पौडेल, महाधिवेशन प्रतिनिधी भानुभक्त भट्राई तरुण दल राप्तीसोनारी अध्यक्ष कुलबहादुर केसी लगायतले स्वागत गर्दै सदस्यता प्रदान गरेको नेपाली काग्रेस क्षेत्र नं.१ का क्षेत्रिय सदस्य हर्षप्रदान चौधरीले बताए ।
पछिल्लो समयमा विभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ । सत्तारुढ दल नेकपाले जनतालाई दिएको आश्वासन पूरा नगरेको, नेकपाको सरकार भ्रष्टाचार तथा आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको, नेकपाभित्र बस्दा भविष्य नभएको नवप्रवेशीले बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका नेपाली काग्रेस बाँकेका उपसभापति फुलाराम थारुले देशभर नेकपाको सरकार कमिसनको चक्करमा लागिरहेको र नेकपाबाट जनतालाई न्याय र विकास संवभ छैन् भन्ने प्रमाण स्वरुप पार्टी प्रवेशको लहर देखिएको बताएका छन् । ।

१२ आश्विन २०७७ मा प्रकाशित
Nabintech