कोहलपुर नगरपालिकाको आफ्नै आइसोलेसन

पिपलबाेट संवाददाता


कोरोना भाईरसका संक्रमितहरु बढ्दै गएपछि आइसोलसन सेन्टर र कोभिड १९ अस्पतालको अनुगमन गरीएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा कोहलपुर नगरपालिकाले ब्यवस्थापन गरेको आइसोलसन सेन्टर र मेडिकल कलेज कोहलपुर अन्तर्गत कोभिड १९ युनिटको अनुगमन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरूम्वाङ र नेपाली सेनाका भैरबप्रसाद गणका प्रमुख सेनानी नकुल थापाले कोहलपुर नगरपालिकाद्धारा स्थापना गरि संचालनमा ल्याइएको १० बेडको आइसोलेसन सेन्टर र नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालले सन्चालन गरेको कोभिड १९ यूनिटको अनुगमन तथा निरिक्षण गरेका हुन । अहिलेसम्म बाँकेमा ५ सय ७६ जना अट्नसक्ने आइसोलेसन अस्पताल रहेको प्रमुख जिल्ला अधिकारीले बताए । हालसम्म बाँकेमा२० जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ भने २५ हजार भन्दा बढिको पिसिआर परिक्षण गरिएको समेत जनाए ।

विगत एक हप्ता देखि कोहलपुर नगरपालिका भित्र स्वाव लिने काम भएको छैन । कोहलपुर नगरपालिकाले यो भन्दा पहिला कृषि तालिम केन्द्र र होटल अतिथिलाई आईसोलेसन सेन्टर वनाएको थियो ।
समुदाय स्तरमै फैलिसकेको कोरोनाको रोकथाम, नियन्त्रण तथा संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ

१२ आश्विन २०७७ मा प्रकाशित
Nabintech