जनक केसीको अध्यक्षतामा कोहलपुर साईक्लिङ क्लव गठन

पिपलबाेट संवाददाता


कोहलपुर क्षेत्रका साइक्लिङका पारखीहरु संगठित भएका छन् । मंगलबार कोहलपुर क्षेत्रका साइक्लिङका पारखीहरुको भेलाले एक समिति बनाएर आगामी दिनमा संगठित भएर साइक्लिङको महत्व र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे सचेतना लगाएतका गतिविधीहरु सञ्चालन गर्ने उद्देश्य सहित अगाडी बढ्ने समितिले जनाएको छ ।
स्वर्गद्वारी साइक्लिङ क्लब नाम दिइएको तदर्थ समितिको संयोजकमा जनक के.सी.लाई चयन भएका छन् । ७ सदस्यीय समितिको सह संयोजकमा कमल राज शर्मा, सचिवमा पारसमणी आचार्य, कोषाध्यक्षमा चुनु भण्डारी एवम् सदस्यहरुमा पदम आचार्य, गंगाराम भण्डारी र अमित पाठक चयन भएका छन् । साथै मंगलबारको भेलाबाट केशर बहादर आलेलाई संरक्षक एवम् नेत्र बहादुर थापा, चन्द्र बहादर आलेमगर, राम बहादुर वस्नेत, विष्णु किरण आचार्य र कमल पछाइलाई सल्लाहकार समितिमा चयन भएका छन् । भेलाले यथासिघ्र विधान मस्यौदा तयार पारेर क्लबलाई बेधानिक रुपमा पूर्णता दिने निर्णय समेत गरेको छ । जनक के.सी.को संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा उप समितिको सदस्यहरुमा कमलराज शर्मा र पारसमणी आचार्य चयन गर्ने निर्णय समेत भएको क्लबका सह संयोजक कमलराज शर्माले जानकारी दिएका छन् । पछिल्लो समयमा मानव स्वास्थ्य सुविधाभोगी र विलाशी जीवनका कारण थुप्रै दिर्घरोगबाट पीडित भइरहेको अवस्थामा दैनिक साइक्लिङकाेे माध्यमबाट थुप्रै दिर्घरोगबाट छुटकारा पाउन सकिने वैज्ञानिक तथ्यलाई आम जनमानसमा सचेतना फैलाउँदै बाँके जिल्ला र छिमेकी जिल्लाहरुका प्रमुख पर्यटकीय गन्तव्यहरुको पर्यापर्यटनमा प्रचार प्रसारका गतिविधीहरु साइक्लिङका माध्यमबाट सञ्चालन गर्ने उद्देश्यले कोहलपुरमा पहिलोपटक साइक्लिंगका पारखीहरु संगठित भएको बताइएको छ ।

१३ आश्विन २०७७ मा प्रकाशित
Nabintech