बाँकेमा युटर्न इन्टरनेशनको स्वास्थ्य जनचेतना कार्यक्रम संचालन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा युटर्न इन्टरनेशन प्रालिले बुधबार प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । युर्टनले विश्वमा अत्यन्त प्रचलित र स्थापित प्रत्यक्ष व्यापार प्रद्धति अनुसार आफ्ना कार्यक्रम अगाडी बढाइरहेको युर्टन प्रालिले मानव जिवनलाई स्वस्थ्य राख्न नेपाली जडिबुटीर प्रमाणित मौरीजन्य बस्तुहरुबाट उत्पादित इम्युनिटी सिस्टम र प्रिभेन्टिभ हेल्थलाई विशेष जोड दिएको युटर्न इन्टरनेशनल प्रालिका टेनिङ्ग डाइरेक्टर सुवास केसीले बताए । नेपाली अनुभवी उद्यमी र जागरुप युवाहरुलाई २०७७ सालमा स्थापित गरि विश्वस्तरीय प्रत्यक्ष व्यापारमा आधारित कम्पनीको रुपमा स्थापित भएको छ । मानवको व्यक्तिगत स्वास्थ्य आर्थिक समृद्धि र सामाजिक कक्ष मजबुत बनाए अगाडी बढनुपर्ने माकेटिङ्ग डाइरेक्टर अजुन गिरीले बताए ।
नेपाली जडीबुटीबाट उत्पादित गुणस्तरीय सामानहरुमा आधारित व्यापारको अभ्यासबाट पारदर्शी करमार्फत राष्ट्र निर्माणमा टेवा पु¥याउने युटर्न इन्टरनेशन प्रालिले लक्ष्य राखेको छ । प्रिभेन्टिभ हेल्थमा प्रमाणित मौरीजन्य पौष्टिक आहारहरु तथा मौरीजन्य बस्तुहरु र हिमाली जडीबुटी मिश्रित सुपर कस्मेटिक्सहरु उत्पादन गर्दै उपभोक्तालाई सेवा गर्ने उदेश्य राखिएको बाँकेका टिम लिडर बिरेन्द्र शिह ठुकरीले बताए । उक्त स्वास्थ्य जनचेतना कार्यक्रममा उपभोक्ताहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

 

१५ आश्विन २०७७ मा प्रकाशित
Nabintech