बाँकेमा बिहिबार थप ३४ जना कोरोना संक्रमित थपिए

पिपलबाेट संवाददाता


नेपालगन्जको राँझास्थित आर्मी अस्पतालमा थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ५८ नमुना परीक्षण गरीएकोमा ४० जनामा भाइरस संक्रमण देखिएको थियो ।भेरीको परीक्षणमा बाँकेमा ३४ जना भाइरस संक्रमित थपिएका हुन् । त्यसमा आर्मी अस्पतालका १८ जना परेका हुन् । बाँकेका अरु १६ जनामा पनि भाइरस संक्रमण देखिएको छ । नेपालगञ्जका ९ जना, खजुराका १, कोहलपुरका ४, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका १(१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै जिल्ला बाहिरको संक्रमण पुष्टि हुनेहरुमा बर्दिया बाँसगढीका २, ठाकुरबाबा नगरपालिकाका २ र दैलेखका दुई जना रहेका छन् ।

१५ आश्विन २०७७ मा प्रकाशित
Nabintech