राप्तीसोनारी ८ मा जेष्ठ नागरिकलाई कम्बल वितरण

पिपलबाेट संवाददाता


आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । सोही अवसरका बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ ले बिहिबार ज्येष्ठ नागरिकहरुलाई कम्बल बितरण गरेर बनाएको छ । जेष्ठ नागरिकलाई चिसो मौसममा न्यानो बनाउनका लागि कम्बल वितरण कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका वडा नं.८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आवश्यक पर्ने सामग्रीहरु वितरण गरिएको र निरन्तर जेष्ठ नागरिकहरुका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
७० वर्षमाथीका करिब १५३ जनालाई यस वर्ष राप्तीसोनारी गाँउपालिका वडा नं. ८ ले कम्बल वितरण गरिएको अध्यक्ष बस्नेत बताउछन् ।
वडा कार्यालय वितरण गरेको सामग्री बुझ्नका लागि राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का जेष्ठ नागरिकका अध्यक्ष गोपी प्रसाद वलीले भने, हरेक वर्ष वडा कार्यालय हामी जेष्ठ नागरिकलाई विभिन्न सामग्रीहरु उपलव्ध गराउदै आएको छ । सम्मानका कार्यक्रमहरु पनी गरेको छ र दुख सुखमा जनप्रतिनिधीहरुले सहयोग गरेका छन् यही नै खुसीको कुरा भएको बताए । त्यस्तै बिहिबार राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का ९० वर्षिय खर्कु वली पनि वडा कार्यालयले वितरण गर्न लागीएको सामग्री बुझन् आफ्ना परिबारको सहायताले आइपुगेका हुन । वडा कार्यालयले वितरण गरेको सामग्री पाउदा उनी निकै खुसी थिइन् । वडा कार्यालयले हरेक वर्ष जेष्ठनागरिकहरुका लागि फरक फरक खालका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।  विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेकाछन् । प्रत्येक१० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएको छ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ ।

१५ आश्विन २०७७ मा प्रकाशित
Nabintech