नेपालगन्जका दुई जेष्ठ नागरिक सम्मानित

पिपलबाेट संवाददाता


३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस बाँकेमा पनि मनाइएको छ । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ को जेष्ठ नागरिक समाज तथा मिलन केन्द्रले सोही वडाका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सेनाका पूर्व सुबेदार ९६ वर्षिय बलबहादुर खड्का र समाजसेवी ८६ वर्षिया सुशीला गौतमलाई केन्द्रले आज उनीहरुको घर मै पुगेर सम्मान गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उनीहरुलाई सम्मान गरिएको सोही वडाका वडा अध्यक्ष बीरेन्द्रबहादुर शाहले बताए । छुट्टाछुट्टै गरिएको सम्मान कार्यक्रममा केन्द्रका अध्यक्ष विष्णु सुवेदीले सम्मानितद्वयदाई दोसल्ला र कदरपत्र प्रदान गरेका थिए । त्यस अवसरमा सम्मानित हुने दुबैजनाले पुरानो पुस्तालाई सम्झने परिपाटीले नै समाजलाई नैतिकवान र चरित्रवान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

१६ आश्विन २०७७ मा प्रकाशित
Nabintech