बांकेका इलाका तथा अतिरिक्त हुलाकको अनुगमन

पिपलबाेट संवाददाता


जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दपसाद पाण्डेले आफनो मातहतमा रहेका कोहलपुर नगरपालिका तथा नरैनापुर तथा राप्ती सोनारी गाऊपालिका अन्तरगतका इलाका हुलाक कार्यालयहरु कोहलपुर, सुईया तथा भोजभगवानपुर र अतिरिक्त हुलाक कार्यालयहरु कालाफांटा, कटकुईया, नरैनापुर तथा मटेहिया, फत्तेपुर, बिनौना, बैजापुर, महांदेवपुरीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहांको सेवा प्रवाहको अबस्था, कार्यालयको भौतिक तथा कर्मचारीका समस्याहरुको बारेमा जानकारी लिनु का साथै सो बिषयमा स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय समेत गर्नु भएको छ ।
नरैनापुर गाऊपालिका अध्यक्ष इस्तीयाक अहमद साह र जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दपसाद पाण्डे बीच नरैनापुर गाऊपालिकाको केन्द्र रहेको स्थानमा गाऊपालिकाको भवन बनाउदा इलाका हुलाक कार्यालयको लागि एक कोठा भवन बनाई दिने बिषयमा छलफल भयो । गाऊपालिका अध्यक्ष साहले सो बिषमा सहमती नजाउनु भएको छ ।
हुलाक कार्यालयहरु बिगत देखि गाबिसको भवनमा रहेर सेवा प्रवाह गर्दै आई रहेकाले ती कार्यालयका भौतिक पूर्वाधार सम्बन्धी समस्याहरु समाधानका लागि राप्ती सोनारी गाऊपालिकाले यसै बर्ष बिनौनामा रहेको अतिरिक्त हुलाकको दुई कोठे भवन मर्मत गरेर एक कोठा हरलाकले र एक कोठा गाऊपालिकाले फरक क्षमता भएका नागरिकको लागि सामाजिक लोककल्याणका लागि प्रयोग गर्ने तथा कुसुममा रहेको इलाका हरलाक कार्यालय मर्मत, रङ्गरोगन तथा बिधुतको ब्यवस्था गर्ने योजन बनाएको कुरा गाऊपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।
कार्यालय प्रमुख पाण्डेले ५ नं प्रदेशका बांके बर्दिया तथा कर्णाली प्रदेशका सबै जिल्लाको हुलाक स्टेशनरी र डांक ब्यबस्थापन गदै आई रहेको रत्न तथा महेन्द्र राजमार्गको केन्द्र बिन्दुमा रहेको इलाका हुलाक कार्यालयहरु कोहलपुरको मर्मत सम्भार र स्तरोन्नतीको लागि पहल गर्ने बताउनु भयो ।
स्थलगत अनुगमन तथा निरीक्षणमा जिल्ला हुलाक कार्यालय बांकेका नायव सुब्बा गगन बहादुर थापा खगेन्द्र बिसी लगाएत अन्तरगतका अतिरिक्त हुलाकका हुलाकी, हुलाक प्रतिनिधी, डांक बहाक तथा पत्र वितरक कर्मचारीहरुको समेतको उपस्थीती रहेको थियो ।

१६ आश्विन २०७७ मा प्रकाशित
Nabintech