स्थानिय तहको चुनावमा उम्मेदारी दिएकी देविसरा सहित ५१ जना काँग्रेसमा प्रवेश

पिपलबाेट संवाददाता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र अन्य पार्टी परित्याग गरेर ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरीमा शनिवार आयोजित वृहत पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा उनीहरू प्रवेश गरेका हुन् । नेकपाको आफ्नो बलियो पकेट मानिएको पिपिरीमा वर्तमान नेकपा सरकारले निर्वाचनको समयमा आश्वासन दिए अनुसार काम नभएको भन्दै त्यस पार्टीमा बस्नुको औचित्य समाप्त भएको हुँदा कांग्रेस प्रवेश गरेको नवप्रवेशी एवंम स्थानिय तहको निर्वाचनमा माओवादीबाट उम्मेदार दिएकी देवि वि.क. बताउछिन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस बाँके जिल्ला सभापती किरण कोइरालाले पार्टी विधि र निति अनुसार अगाडी बढनुपर्ने र देशमा व्याप्त रहेको भष्टचार अनियमितताका अन्त्यका लागि नेपाली काग्रेसले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताइन् । नब प्रवेशीहरुलाई नेपाली काग्रेस बाँकेका जिल्ला सभापती किरण कोइराला, उपसभापती फुलाराम थारु,जिल्ला सचिव द्वय तप्त पौडेल,कपिल शर्मा नेपाली कांग्रेस क्षेत्र नं.१ का क्षेत्रिय सभापती माधवराम खत्री ,कोहलपुर नगरका सभापती बलाराम शर्मा,महासमिती सदस्य मिना सिग्देल,काग्रेस नेता नारायण सिग्लेल,महासमिती सदस्य नारायण गौडेल,भानुभक्त भट्राई , हुर्मत न्यौपाने,जिल्ला सदस्य गौरा भट्राई,सुधान्सु कोइराला,पवन शाह ,चिन्तामणी धिताल, क्षेत्रिय सचिव डिल्ली गिरी,नगर सचिव भुम भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी,प्रेस युनियनका उपमहासचिव प्रेम केसी,नेपाल आदिबासी जनजाती संघ बाँकेका जिल्ला सभापति राजेन्द्र श्रेष्ठ, नेपाल विद्यार्थी संघका बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्य लगायतले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।

 

१७ आश्विन २०७७ मा प्रकाशित
Nabintech