कोहलपुरमा उपचाररत एक जनाको कोरोना संक्रमितको मृत्यु

पिपलबाेट संवाददाता


बाँकेमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । कोहलपुरमा उपचाररत महेन्द्रनगर–२ कञ्चनपुरका २९ वर्षिय महिलाको आज बिहान ४ः३० रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । मृतक ३३ हप्ताको महिलो पटकको गर्भवति रहेको, गर्भरहँदा देखि नै रक्तश्राव भईरहेको र सेति अस्पतालमा सामान्य डेलिभरी गरी जम्ल्याहमा बच्चा एक छोरा र एक छोरी जन्म दिएको पाईएको छ । मृतकको असोज १४ गते कोरोना संक्रमण देखिपछि थप उपचाका लागि कोहलपुरमा ल्याईएको र कोरोना विशेष वार्डमा राखेर उपचार भईरहेकै अवस्था आज बिहान दिन भएको श्रेष्ठले बताएका छन् । योसँगै बाँकेजिल्ला भन्दा बाहिरबाट आई उपचारको क्रममा कोरोना भाईरसबाट आजसम्म ९ जनाको मृत्यु भएको छ ।

१८ आश्विन २०७७ मा प्रकाशित
Nabintech