शिक्षा क्षेत्रमा संवेदनशिल बन्न राप्तीसोनारीका सरोकारवालाको आग्रह

पिपलबाेट संवाददाता


राप्तीसोनारी १८असोज बाँकेको राप्तीसोनारी गाउँपालिकका अन्र्तगतक सरोकारवाला निकायका प्रतिनिधिले शिक्षा क्षेत्रमा संवेदनशिल बन्न आग्रह गरेका छन मानवअधिकार समुह र अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको शिक्षा अधिकार सम्बन्धि सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो आग्रह गरेका हुन । कोरोना भाईरसका कारण शिक्षा क्षेत्र नराम्रो संग प्रभावित भएको बेलामा शिक्षाका विषयमा सबै गम्भिर हुन आग्रह गरेका हुन ।

कार्यक्रममा बोल्दै राप्तिसोनारी गाउँपालिका वडा न. ९ का वडाअध्यक्ष महाविर वलीले कोरोना भाईरसका कारण शिक्षा क्षेत्रमा नराम्रो असर परेको बताउदै शिक्षा क्षेत्रमा भएका समस्याहरुलाई वडाबाट समाधान गरिने र वडाबाट नभए गाउँपालिका सम्म समाधानका लागि पहल गरीले गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गणेश माध्यामिक विद्यालय व्यवस्थापन संघका अध्यक्ष घनवहादुर वलीले कोरोना भाइरसका कारण शिक्षामा ठुलो प्रभाव परेकोले अव यसको समाधानका लागि सबै अघि बढ्नुपर्ने आवश्यकता भएको बताए ।

त्यस्तै सरस्वती माविका प्रधानाध्यापक प्रेम वलीले विद्यालयहरुमा शौचालयको आवश्यकता भएको, जिम्मेवार निकायले अनुगमन नगरेको तथा धारा बालमैत्री नबनाएको उल्लेख गर्दै विद्यालयहरु बालमैत्री बनाउनकालागि पहल गर्न सरोकारवाला निकाय समक्ष माग गरेका थिए ।कार्यक्रममा इन्सेक बाँकेकी सहजकता लक्ष्मी थारुले संबैधानिक व्यवस्था, गाउँपालिकाको निति, शिक्षा ऐन नियमावली र राप्तिसोनारी गाँउपालिकाको शैक्षिक व्यवस्था लगायत शिक्षाको समस्याबारे आधारपत्र प्रस्तुत गरेकी थिईन । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि सामुदायिक वनका प्रतिनिधि शिक्षक विद्याथी लगायतको सहभागीता रहेको थियो ।

१८ आश्विन २०७७ मा प्रकाशित
Nabintech