बैकल्पीक सिकाईको बाटो रोज्दै गणेश मा.वि ढकेरी

पिपलबाेट संवाददाता


कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र पूर्ण रुपमा बन्द भएको । विद्यालय नखुलेको पनी ७ महिना भन्दा बढि भइसकेको छ । लामो समय सम्म शैक्षिक क्षेत्र बन्द हुँदा शिक्षा क्षेत्रमा ठूलो नोक्सानी व्यर्होनु परेको छ । पछिल्लो समयमा बाँकेका अधिकाश विद्यालयहरुले शैक्षिक क्षेत्र नुखल्दा बैकल्पीक उपायहरु अपनाउदै आएका छन् ।  बाँकेका राप्तीसोनारी गाँउपालिका वडा नं. ९ मा रहेको गणेश माध्यामिक विद्यालय राप्तीसोनारीको नमूना विद्यालयको रुपमा परिचित छ । कोरोना भाइरसका कारण विद्यालयहरु नखुल्दा अहिले विद्यार्थीहरुलाई भर्चुवल बैकल्पीक सिकाई भइरहेको गणेश माध्यामिक विद्यालयका प्र.अ. हरि अधिकारी बताउछन् ।
प्र.अ. अधिकारीका अनुसार जुम, म्यासेन्जर मार्फत कक्षा ९,१०,११, १२ का विद्यार्थीहरुलाई कक्षा संचालन गरिएको बताए । बिहान दश बजेबाट कक्षा संचालन हुने र मोवायल र नेटको पहुज नपुगेका विद्यार्थीहरुका लागि टोलबस्तीका विद्यार्थीहरुको सहयोगी गुप्र बनाइएको छ । लामो समयदेखी विद्यालयहरु कोरोना भाइरसका कारण बन्द हुँदा बिकल्पको रुपमा बैकल्पीक शिक्षा पढाउनु परेको छ ।
लकडाउनका कारण बैशाखदेखि वर्षेनी संचालन हुने भर्ना अभियान समेत प्रभावित बनेको छ । यो समयवधि लम्बिन्दै जाँदा विद्यार्थीहरुलाई घरै बसी पठनपाठन कार्यमा सहभागिता गराउने उदेश्यसाथ अनलाइन भर्चुअल कक्षा संचालन गर्नुपरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष घनबहादुर वलीले बताउछन् । जो जाहा छ त्यही बसेर विद्यार्थीलाई सहजरुपमै पठनपाठन गराउन सक्ने वातावरणको लागि भर्चुअल कक्षा संचालन कार्य विद्यार्थी र शिक्षक दुबैकोलागि उपलब्धीमुलक रहेको विद्यालयका शिक्षकहरुको भनाई रहेको छ । विद्यार्थीहरुलाई गृहकार्य दिने र अध्यापन गराउदा सबै विद्यार्थीहरु नियमित अध्ययन गरिरहेका छन् । ‘हामीले आफना विद्यार्थीहरुलाई एसएमएस गरी कुन दिन कुन कक्षा र कुन शिक्षकले पढाउने बताउँछन् ,’ प्र.अ. हरि अधिकारीले पीपलबोट दैनिकसंग कुरा गर्दै भने ‘सोहि समयमा विद्यार्थीले अनलाइनका विभिन्न माध्यमहरु प्रयोग गरी अध्ययन गर्छन् ।  फोन, स्काइप, भाइभर , म्यजेन्सर लगाएतका माध्यमबाट विद्यार्थीहरु शिक्षकहरु भर्चुल सम्र्क गरेर दिनहँु अध्ययन अध्यापन गर्ने गराउने काम भइरहेको छ । ’ उनले अब सरकारी विद्यालयहरुको पठनपाठन समेत ईलर्निङमा जाने समय आएकोले सूचना प्रविधी मैत्री हुने यो अवसर समेत रहेको उनको ठहर छ । राप्तीसोनारी गाँउपालिकाको पहिलो भर्चुअल बैकल्पीक सिकाई गराउने विद्यालयको रुपमा परिचित भएको छ ।

१८ आश्विन २०७७ मा प्रकाशित
Nabintech