कोहलपुर रिङ्गरोड ः वडा नं. ८ मा विवाद

पिपलबाेट संवाददाता


वडा नं. ८ को झकट्टीमा रिङ्गरोड आउने भनिपछि विरोधमा उत्रिएका स्थायिनहरुःतस्बिर÷पीपलबोट

बाँके कोहलपुर नगरपालिकाले निर्माण गरिरहेको कोहलपुर रिङ्गरोडमा विवाद उत्पन्न भएको छ । कोहलपुर नगरपालिकाको नगर गौरवको आयोजना अन्तर्गत रहेको कोहलपुर रिङ्गरोड निर्माणका क्रममा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित झक्टीमा विवाद उत्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं. ७ को लखनाबाट वडा नं. ८ को नयाँवस्ती, सरस्वतीचोक, बन्दा हुँदै सिम्रीसम्म जोड्ने भनि सर्वे भएको अवस्थामा हाल झकट्टीमा ल्याएपछि विवाद आएको पाईएको छ । कोहलपुर नगरपालिकाले सर्वे गरेको बाटोबाट नभएर झकट्टीबाट सो सडक आएको खण्डमा आप्mना घर र जग्गा जान्ने भन्दै स्थानियहरुले विरोध जनाएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ८ झ्कट्टी निवासी चम्पा ऐरीले कोहलपुर नगरपालिका भित्रको रिङ्गरोड आउन लाग्दा समेत स्थानियलाई कसैले सूचना नदिएको बताईन् । साथै उनले घर र जग्गा नै जाने अवस्था आएका कारण आफुहरुले विरोध जनाएको बताएकी
छिन् । ‘घर र जग्गा नै जाने अवस्था आयो, त्यसैले विरोध गरेका छौं’ उनले भनिन् ‘घर र जग्गा नै जाने गरी विकास र सडक चाहिएको छैन् ।’
सोहि ठाउँका अर्को स्थानिय प्रेम बहादुर वलीले स्थानिय जनतासँग सहकार्य नगरी जवरजस्ती बाटो हालेको उनले बताएका छन् । एलानी जग्गामा बस्दै आएका वलीले एलानी जग्गा जति काट्ने पनि हुन्छ भनि सडक निर्माण गर्न लागि रहेको भन्दै एलानी जग्गामा सडक बने कहाँ जाने भनि विरोध जनाईएको बताएका छन् । ‘हाम्रो घर र जग्गामा सडक आउने भए हामीलाई क्षतिपूर्ति दिनुपर्छ’ उनले भने ‘जीवनभर दुख गरी जग्गा र घर बनाईएको हो, अहिले सडकका नाममा त्यहि घर र जग्गा सकियो भने हामी के
गर्ने ? हामीलाई सडक चाहिएको छ घर जग्गा मासेर रिङ्गरोड चाहिएको छैन ।’ उनले १० मिटरको रिङ्गरोड नहुने भन्दै १० मिटरको बाटो हो भनि जनतालाई नझुक्याउन आग्रह समेत गरेका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ८ का रेशम खत्रीले ८ मिटरको बाटोलाई १० मिटरको बनाई रिङ्गरोडको सडक निर्माण गर्न लागिएको बताएका छन् । साथै उनले वडा नं. ८ को विकास हुन लागेको देखेर केहि राजनीतिक पूर्वग्राही ढङ्गले विरोध गरिरहे भन्दै त्यसपछि नलाग्न वडावासीलाई आग्रह समेत गरेका छन् । ‘वडामा विकास हुँदैछन्, यसलाई कसरी रोक्न सकिन्छ भनेर नेपाली काँग्रेस लागि परहेको छ’ उनले भने ‘विकास चाहिएको छ, हाम्रो विकास हो भन्ने भावना सबैमा हुनुपर्छ र त्यही तरिकाले हामी अगाडि बढेका छौं ।’ उनले विकासमा बाधा नपु¥याउन सबैमा अनुरोध पनि गरेका छन् । यता वडा नं. ८ का स्थानिय बासिन्दा एवम् नेपाली काँग्रेसका यूवा नेता पूर्ण आचार्यले वडामा हुने विकासका पक्षधर आफुहरु पनि भएको बताउँदै जसका लागि विकास हुने हो त्यो पक्षको उठिबास
हुने अवस्था नआउन दिन काँग्रेस तयार रहेको बताएका
छन् । साथै उनले कोहलपुरको रिङ्गरोड झकट्टीमा ल्याउँदा यहाँका स्थानियसँग सहकार्य र समन्वयन गर्नुपर्नेमा त्यसो नगरिएको बताएका छन् । ‘हामी विकासका पक्षमा छौं, तर विकासका नाममा कसैको विनास गर्नुहुँदैन भन्ने मान्यता हाम्रो हो’ उनले भने ‘यहाँ रिङ्गरोड मात्र होइन, सिक्टाको नहर पनि आउनुपर्छ, नालि बन्नु पर्छ तर जसका लागि रिङ्गरोड, नहर बन्ने हो ती बस्ती नै उठिबास हुन्छन् भने त्यो विकास कसका लागि हो ?’ नेपाली काँग्रेस विकास विरोधी नभएको बताउँदै प्रद्धति र स्थानिय सरकारले गरेका गलत क्रियाकालको विरोध गरिएको बताएका छन् । नगर सभा र कार्यपालिकाबाट १७ मिटर चौडाईको रिङ्गरोड बनाउने निर्णय गरेपनि वडा नं. ७ र ८ का वडा अध्यक्षहरुले १२ मिटर चौडाईको बनाउने सहमति गरेको पाईएको छ । तर झकट्टीका स्थानियहरुलाई १० मिटरको बाटो बनाउने वडा अध्यक्ष रेशम खत्रीले जानकारी दिएका छन् । स्थानियहरुले १० मिटरकै बाटो बनाउँदा आफ्ना घर र जग्गा अतिक्रमण हुने भन्दै विरोध जनाएका छन् ।

२१ आश्विन २०७७ मा प्रकाशित
Nabintech