धमाधम नेकपा छाड्दै कांग्रेशमा प्रवेश

पिपलबाेट संवाददाता


पछिल्लो समयमा नेकपा पार्टी छाडदै कांगेशमा प्रवेश गर्नेको लहर चलेको छ । बिहिबार बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ र १३ मा ४८ जनाले काँग्रेस प्रवेश गरेका छन् । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १२ र १३ ले आयोजना गरेको वडा भेला कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का नर बहादुर खड्का र वडा नं. १३ का शेर बहादुर खड्का सहित नेकपाका ४८ जना कार्यकर्ताले नेपाली काँग्रेस प्रवेश गरेका
छन् ।
नेपाली काँग्रेस वडा नं. १२ र १३ ले आयोजना गरेको वडा भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बाँके पार्टी सभापति किरण कोइरालाले देशको विकास र समृद्धिका लागि नेकपा नेतृत्वको सरकारले कुनै पनि कार्य गर्न नसकेको बताउँदै नेपाली जनताले चाहेको विकास दिन आवश्यक रहेको बताईन् । साथै उनले अब आउने निर्वाचनमा नेपाली जनताले नेपाली काँग्रेसलाई मतदान गरी विजय बनाई नेकपाको भ्रष्टचारी गतिविधिको अन्त्य गर्नेमा विश्वास व्यक्त गरेकी छिन् । कार्यक्रममा बोल्दै नेकपाबाट नेपाली काँग्रेस प्रवेश गरेका नर बहादुर खड्का र शेर बहादुर खड्काले नेकपाले जनतालाई झुटो आसवासन दिएको भन्दै नेपाली काँग्रेस प्रवेश गरिएको बताएका छन् ।

२२ आश्विन २०७७ मा प्रकाशित
Nabintech