‘कोहलपुर चौराहमा अव्यवस्थित पार्किङ्ग’

‘ट्राफिक प्रहरी रमिते, कोहलपुर नगरपालिका जिम्मेवार छैन्’


एस.एम.वि. बाँके


फराकिलो सडक, मुख्यसडक पेटीमा राखेका जथाभाबी पसलका साम्रगीहरु, अव्यवस्थित पार्किङले बाँकेको कोहलपुर कुरुप बन्दै गएको छ । सडक पेटी तथा सडक अतिक्रमण सँगै फुटपातका व्यवसायीहरुले हरेक दिन कोहलपुर चौराह लगायतका ठाँउहरुमा सडक अतिक्रमण गरेर व्यवसाय गर्दै आइरहेका छन् । त्यसैमा अझ सवारी साधन पार्किङ गरेर कोहलपुरको चौराह आसपास सडक छेऊछाऊ खचाखच भरिएका देखिन्छ् ।  सडक अतिक्रमण बढ्दै गएको भन्दै कोहलपुर नगरपालिकाले बारम्बार व्यवासायीहरुलाई सूचना र जानकारी दिँदै आएको छ तर सडक स्वच्छ र खुल्ला राखेपछि आवतजावत गर्न सजिलो हुने अवस्थालाई ध्यानमा नराखी आफुखुसी सडकमा विभिन्न व्यवसाय संचालन गरेको भन्दै कोहलपुर नगरपालिकाले सामग्री जफत पनि गर्दै आई रहेको छ ।
सरसफाइ र सडक अतिक्रमणका कुरामा नगरपालिका जिम्मेवार बन्नुपर्छ भने यातायातका साधन व्यवस्थित गर्न ट्राफिकको भूमिका हुनुपर्ने कोहलपुर नगरपालिका वडा नंं.११ रुपेश शाही बताउँछन् । साथै उनले कोहलपुर चोराहको अव्यवस्थित पार्किङले पनि कोहलपुर कुरुप बन्दै गएको बताएका छन् । ‘सडक अतिक्रमणका कारण पैदलयात्री हिड्न समेत समस्या हुँदै आएको छ, जथाभावी गाडी, अटोरिक्सा र अन्य सवारी साधनहरु पार्किङ्गका साथै ठेला व्यवसायहरुले मनपरी रुपमा सडक अतिक्रमण गर्दा दुर्घटनाको उच्च जोखिम बढिरहेको छ ।’ यता मुख्य बजारमा घर तथा सटर भाडामा लिएपछि व्यवसाय गर्नेहरुले सामान राख्ने स्थानका बारेमा पनि सोच्नुपर्ने उनको तर्क रहेको छ ।
यसका साथै कोहलपुर नगरपालिकामा भने फलफूल पसल देखि अन्य पसलले सडक आफ्नै
जस्तो गरी कब्जा गरिरहेका छन । कोहलपुर नगरपालिकाले यस विषयमा कडा अनुगमन र निगरानी नराख्दा समस्या थप जटिल बन्दै गइरहेको छ । कोहललपुरको चौराह नजिकै रहेको ट्राफिक प्रहरी कार्यालय बाँकेले पनि अव्यवस्थित पार्किङ्ग गर्ने सवारी साधनहरु कारवाही नगरिरहेको नाम नबताउने सर्तमा अर्का स्थानियले बताएका छन् । कोहलपुर नगरपालिकाको कार्यालय र ट्राफिक कार्यालय नजिकै अव्यवस्थित सवारी पार्किङ्गले सडक दुर्घटना निम्ताउँदा पनि दुवै निकाय मुक दर्शक बनिरहेको कोहलपुर नगरपालिका वडा नं. १ कि सम्झना डाँगी बताउँछिन् । ‘कोहलपुरमा ट्राफिक त देखिन्छन् तर ट्राफिक व्यवस्थापनमा खासै ध्यान दिएका हुँदैनन्’ उनले भनिन् ‘कोहलपुर नगरपालिका र ट्राफिक कार्यालय यि सबै गतिविधि टुलुटुलु हेरेर बसिरहेका छन् ।’ मुल सडक पेटीमा व्यापार व्यवसाय र नगरपालिकाको गेटमै पाकिङ्ग गर्ने परिपाटीले सवारी दुर्घटना हुने प्रवल सम्भावना देखिएको उनको भनाई रहेको छ । कोहलपुरन नगरपालिकाको गेटदेखि चौराहसम्म दुई तर्फ सकड निर्माणका लागि दुवै तिर ग्राभेल गर्दा दुर्घटनाको थप जोखिम बढिरहेको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख भई भखरै आएका राजु भण्डारीले केहि समय अघि सरोकारवाला निकायसँग छलफल गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विशेष अभियान नै संचालन गरी बाँके जिल्लाको ट्राफिक व्यवस्थापनलाई देशकै नमूना बनाउने अठोट लिएका छन् तर उनले ट्राफिक व्यवस्थानको कामलाई कसरी प्रभावकारी बनाउँछन् त्यो हेर्न बाँकी रहेको कतिपयको भनाई रहेको छ ।

२४ आश्विन २०७७ मा प्रकाशित
Nabintech