अलबिदा ‘नविन’ सधैका लागि अस्ताए बाँकेका ‘तारा’

एस.एम.वि. बाँके


नेपाली काग्रेस कोहलपुर नगर कार्यसमितीले आइतबार शोक वक्तव्य जारी गरेको छ । नेपाली काग्रेसका केन्द्रिय पूर्व कोषाअध्यक्ष राम बाबु प्रसाईको निधन प्रति केन्द्रिय कार्यसमितीको निर्देशन अनुसार र नेपाल यातायात श्रमिक संघ बाँकेका अध्यक्ष एवं नेपाली काग्रेस कोहलपुर नगर कार्य समितीका सदस्य समेत रहेका कोहलपुर नगरपालिका ९ पिपरीका ३८ बर्षीय नविन रावतको शनिवार राती भेरी अस्पतलमा मृत्यु भएको थियो । नेपाली काग्रेस कोहलपुर नगर कार्यसमितीले शोक वक्तव्य पत्रमा ३ दिन सम्म आफ्नो पार्टीको झण्डा झुकाइने र १३ औँ दिनसम्म कुनैपनी औपचारिक कार्यक्रम नगरिने उक्त शोक वक्तव्यमा उल्लेख गरिएको छ । नेपाली काग्रेसका सभापती बलराम शर्मा र सचिव भुम बहादुर भण्डारीको हस्ताक्षर शोक वक्तव्यमा भनिएको छ ‘राजनैतिक एवं सामाजिक आन्दोलनको सदैब अग्रमोर्चामा उभिएर न्यायको पक्षमा आफ्नो भुमिका निर्वाह गर्ने कार्यसमितीको सहयात्री योद्धा गुमाउदा पार्टीपत्तिं समाजिक क्षेत्रमा समेत अतुलनिय क्षेती पुगेको शोक वक्तव्यमा उल्लेख गरिएको छ’ ।
स्वास्थ्यमा समस्या आएपछि उनले असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिन पछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो । रेमडिसिभिर, प्लाज्मा थेरापीलगायतका विधिबाट उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मेडिकल कलेजले शुक्रबार राती ९ बजे उनलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरेको थियो । स्वास्थ्य अवस्था गम्भीर भएका रावतको उपचार व्यवस्थापन गर्दागर्दै मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । शुक्रवार राती १० बजे अस्पताल पुगेका उनको ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई फोक्सोमा निमोनिया भएको थियो । उनलाई कडा खाले कोभिड देखिएको चिकित्सकहरुले बताएका छन् । रावतको शनिवार राप्तीसोनारी स्थित अगैयामा सामाजिक परम्परागत अनुसार दासस्कार गरिएको छ ।

२४ आश्विन २०७७ मा प्रकाशित
Nabintech